काठमाडौँ, ३ जेठ । प्रतिनिधिसभा बैठक शुक्रबार ११ बजेसम्मका स्थगित भएको छ ।
कांग्रेस सांसदहरूले नाराबाजी गर्दै संसद्को ‘बेल’ घेराउका बिच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र वाचन गरेका थिए ।
सभामुखको आसन घेराउ गरेका कांग्रेस सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयले पठाएको खाद्य स्वच्छता तथा गुणस्तर कायम सम्बन्धी विधेयक प्रमाणीकरण गरेको पत्र वाचन गरेका हुन् ।
सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबिच धकेलाधकेल भएको थियो । त्यसपछि सभामुख घिमिरेले स्थगित गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्