राजनीति

सहकारीको मुद्दा छोड्दैनौं : कांग्रेस



काठमाडौँ, ४ जेठ । नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेले संसद बैठक सन्चालन गर्दा तटस्थता नदेखाएको आरोप लगाएको छ ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखलाई तटस्थता र निष्पक्षता पूर्वक बैठक सन्चालन गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

विहीबारको संसद बैठकमा प्रतिपक्षी दलले विरोध जनाउँदा जनाउँदै सभामुखले बैठक सन्चालन गरेको र गृहमन्त्री रवि लामिछानेलाई बोल्नसमेत समय दिएको भन्दै कांग्रेसले यसप्रति गम्भीर रुपमा ध्यानाकर्षण भएको जनाएको छ ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासमा विपक्ष दल उभियो मात्रै भयो भने संसद अवरोध भएको मानिन्छ । तर सिंगो प्रतिपक्ष वेलमा आएर नारा लगाउँदै गर्दा पनि संसद बैठक सञ्चालन गर्नु उचित हुँदैन भन्ने हामीले ठहर गरेका छौं ।’