Banner News

सदनको गतिरोध हटाउन सभामुख क्रियाशीलता प्रचण्ड र ओली भेट्दै



काठमाडौ ५ जेठ । सभामुख देवराज घिमिरेले सदनको गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त छलफल गर्ने भएको छ आज २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखले सदन खुलाउने विषयमा संयुक्त छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ।

छलफलमा समयको व्यवस्थापन भए कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल हुनसक्ने जनाइएको छ। कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानविन गर्न संसदीय समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ।

तर, गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोपको सदनबाट बोल्न नपाएसम्म समितिको पक्षमा नउभिने अडान राखेका छन्।