Banner News

सदनको अवरोध अन्त्यका लागि सहमति खोज्न प्रधानमन्त्री सकारात्मक : कांग्रेस 



काठमाडौँ, ५ जेठ । संसद् बैठकमा रहेको अवरोध अन्त्य गर्न शीर्ष राजनीतिक तहमा आज पनि छलफल भएको छ ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतासँग छलफल गरेका छन् । 

प्रधानमन्त्रीसँगको भेटपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहमतिका आधारमा निकास खोज्न प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको जानकारी दिएका छन् । जेठ १५ गते सदनमा बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रममा छलफल गरेर पारित गर्नुपर्ने भएकाले तत्काल सदनमा देखिएको अवरोध हटाउन सरकारलाई दबाब छ ।