राजनीति

कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छ : महेश बर्ताैला



काठमाडौँ, ५ जेठ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले नेपाली कांग्रेसले संसद्‌मा मुठभेडमा लैजान चाहेको आरोप लगाएका छन् ।

आज काठमाडौँमा आयोजित ‘युवा’ विषयक विचार गोष्ठीमा बोल्दै प्रमुख सचेतक बर्तौलाले पार्टी अध्यक्ष ओलीमाथि कांग्रेस उपसभापति गुरुङले संसद्‌मा उद्दण्ड व्यवहार प्रदर्शन गरेर संसदीय मूल्य, मान्यताको नै खिल्ली उडाएको बताए । 

उनले भने, ‘हाम्रा श्रद्धेय अध्यक्षमाथि नेपाली कांग्रेसका एक जना नेताले संसद्‌मा अशिष्ट र उद्दण्ड व्यवहार प्रदर्शन गरे । यसले के देखाउँछ भने राजनीतिलाई इमानबाट निर्देशित होइन, संसदीय मूल्य, मान्यताको जगबाट संसद् चलाउने होइन । भिडभाड, दादागिरी र उद्दण्डताका साथ मुठभेडमा लैजान नेपाली कांग्रेस चाहन्छ भन्ने कुरा त्यो अस्तिको घटनाबाट देखिन्छ ।’