समाचार

आगलागी र डढेलोका घटनामा परी २७ जनाको मृत्यु



काठमाडौँ, ६ जेठ । पछिल्लो एक महिनाको अवधिमा आगलागी र वन डढेलोको घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१ वैशाख १ गतेदेखि ३१ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।

उक्त अवधिमा आगलागीका घटनामा परी २१ जना र वन डढेलोका घटनामा परी ६ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार वैशाख महिनामा मात्र आगलागीका घटनाले ५० करोड ६७ लाख ६८ हजार ५९० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ । वन डढेलोको घटनाले ६ करोड ३० लाख ४२ हजार ४०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

वैशाख महिनामा विभिन्न प्रकारका विपद्का घटनामा परी ३९ जनाले ज्यान गुमाएको प्राधिकरणको तथ्यांकले देखाउँछ । विपद्का घटनाले उक्त समयमा कुल ५८ करोड १६ लाख ३० हजार ६९० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।