काठमाडौँ, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिले पर्यटन प्रवद्र्धन र छाउपडीविरुद्धको अभियान चलाउने भएको छ ।
अछामको प्रमुख पर्यटकीय स्थल रामारोशन ताल क्षेत्रमा शनिबार बसेको प्रदेश समितिको पूर्ण बैठकले रामारोशनसहित सुदूरपश्चिम पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवद्र्धन गर्ने निर्णय गरेको हो ।
पार्टीका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले प्रदेशका पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवद्र्धन, सुदूरपश्चिममा व्याप्त छाउपडी कुप्रथाविरुद्धको अभियान चलाउने लगायतका निर्णय गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्