राजनीति

सभामुखले प्रमुख सचेतकसँग छलफल गर्दै 



काठमाडौँ, ६ जेठ । सभामुख देवराज घिमिरेले आइतबार बोलाइएको प्रतिनिधिसभा बैठक चलाउनेबारे प्रमुख सचेतकसँग छलफल गर्दै छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार बिहान साढे १० बजे सभामुख घिमिरेले संसद् बैठक चलाउनेबारे राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 

सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । 

साथै, संसदीय समिति गठन गर्न सत्ता र प्रतिपक्षी दल सहमत भएका छन् । तर, समितिको कार्यादेशबारे सहमति जुटाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिको बैठक बसिरहेको छ ।