राजनीति

संसद्मा बोल्न निषेध गर्न पाइँदैन : सीके राउत



काठमाडौँ, ६ जेठ । जनमत पार्टीका अध्यक्ष डा.सीके (चन्द्रकान्त) राउतले संसद् रङ्गमञ्च जस्तो मात्रै भइरहेको बताएका छन् ।

आज काठमाडौँको नेपाल ल क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा बोल्न निषेध कसैले पनि गर्न नहुने र नेपाली कांग्रेसले खाली गृहमन्त्री रवि लामिछानेलाई मात्र टारगेट गर्नु गलत भएको बताए । 

उनले भने, ‘मैले पनि पटक पटक भन्ने गरेको छु, यो संसद् रङ्गमञ्च मात्रै भयो है भनेर । संसदमा बोल्न दिनुपर्ने हो । दोष होला नहोला छुट्टै कुरा तर बोल्न निषेध कसैले पनि गर्नुहुँदैन जस्तो लाग्छ । छानबिन त अरू जोकोहीको पनि गर्न सकिन्छ । त्यही भएर एउटा मानिसलाई मात्र टारगेट गर्नुहुँदैन ।’