समाचार

६ जना जुवाडे पक्राउ



काठमाडौँ, ७ जेठ । पोखराबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पोखरा ७ रत्नचोकबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १५ हजार २ सय २५ रुपैयाँ बरामद भएको छ । स्थानीय अर्जुनकुमार श्रेष्ठको घरमा उनीहरुले तास खेलेका थिए ।

पक्राउ पर्नेमा अर्जुनसँगै सोही ठाउँका ६३ वर्षीय शिवबहादुर विक, ५२ वर्षका बसन्त केसी, ३६ वर्षका बसन्त लामा, ४५ वर्षका कृष्ण रावत र ५६ वर्षका गोकर्ण श्रेष्ठ छन् । सबैलाई ८ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया थालिएको कास्की प्रहरीले जनाएको छ ।