राजनीति

भित्रभित्रै सरकार फेर्ने प्रयास माकुराको जालो झैँ च्यातिदियौँ : विष्णु पौडेल



काठमाडौँ, ७ जेठ । नेकपा एमालेका उपाध्यक्ष तथा सांसद विष्णु पौडेलले भित्रैभित्रै सरकार परिवर्तन गर्न भएको प्रयास माकुराको जालोझैँ च्यातिएको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसको अवरोधबीच वेलमा नारावाजी चलिरहेका बेला प्रधानमन्त्रीलाई विश्वासको मत दिन रोष्ट्रममा उभिएका पौडेलले नेपाली कांग्रेसको सरकार फेर्ने प्रयास असफल भएको बताए । 

उनले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जस्तै दलहरू बसेर संसदीय समिति गठन गर्ने गरी गरेका सहमतिको विषय भने उच्चारण समेत गरेनन् ।