Banner News

उपेन्द्र यादवको पार्टी फुटविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा 




काठमाडौँ, ७ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टी फुटविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ ।

निर्वाचन आयोगको निर्णय यथावत् राखी फरक दलका रूपमा काम नगर्न/नगराउने माग गर्दै यादवले आइतबार दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको थियो । 

इजलासको अन्तिम नम्बरमा रहेको रिट हेर्न नभ्याइनेमा परेको हो । यादवको रिट ढुंगानाको इजलासको अन्तिम नम्बर अर्थात् ‘ठ’ मा परेको थियो । अन्तिम चारमा परेका सबै मुद्दा हेर्न नभ्याइनेमा परेका छन् । यादवले यसअघि दिएको रिटमा मंगलबारलाई पेसी तोकिएको छ । तर, उनले निर्वाचन आयोगको निर्णय बदरभागी भएको र पार्टी छाडेका सांसदहरूलाई संसदीय भूमिकाबाट निलम्बित राख्ने आदेश माग गर्दै सर्वोच्चमा अर्को रिट दायर गरेका थिए ।