समाचार

काठमाडौँमा एक पुरुष मृत फेला



काठमाडौँ, ८ जेठ । काठमाडौँको थलीमा एक जना पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको छ भने उनको पहिचान खुलेको छैन ।

थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको छ । घटनास्थलमा ब्लेडसमेत फेला परेको छ ।

शंकास्पद अवस्थामा शव फेला परेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने लगायतका काम गरिरहेको छ ।