Banner News

गृहमन्त्रीको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने कार्यदलमा सहमति



काठमाडौँ, ८ जेठ । गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति भएको छ ।

कांग्रेसको माग अनुसार छानबिन समितिको टीओआर बनाउनका लागि गठित कार्यदलमा आज यो सहमति भएको हो ।

कार्यदल बैठक सुरू हुनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि शिशिर खनालले आफ्नो सभापति टीओआरमा नाम राख्न सहमत भएको जानकारी गराएका थिए । अहिले सहमतिको ड्राफ्ट गर्ने कार्य भइरहेको बताइएको छ ।