समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



काठमाडौँ, ८ जेठ । नवलपरासी पश्चिममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान आफ्नै घरको धारामा मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । सरावल गाउँपालिका-३ श्रीनगर बस्ने ३० वर्षीय प्रदीप चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । 

करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।