समाचार

हिमालमै हिउँ जोगाउन सकस



काठमाडौँ, ९ जेठ । नेपाललगायत हिउँ थुप्रिने हिमालमा हिउँ घट्दै जाँदा विश्वका विभिन्न स्थानका समुद्री सतह बढ्दै गएका छन् । विश्वव्यापी तापक्रम र जलवायु परिवर्तनको असरका कारण हिमालको हिउँ पग्लने क्रम उच्च बनेसँगै विभिन्न भूगोलका समुद्रको सतह बढ्दै गएको छ । यसले हिमालमा नै हिउँ जोगाउन चुनौती बनेको छ । 

यसका साथै हिउँ पग्लेर नदी हुँदै गेग्य्रान समुद्रमा पुग्दा समुद्रको बिच बिचमा पहाड बन्न थालेका छन् । स्मिट ओसन इन्स्टिच्युटले यसै वर्ष प्रकाशन गरेको अध्ययनको तथ्य अनुसार समुद्रमुनि चार वटा पहाड फेला परेका छन् । जसमध्ये सबैभन्दा अग्लो पहाड दुई मिटर चार सेन्टिमिटर उचाइको छ । यी नयाँ समुद्री पहाड कोस्टारिकाबाट चीन जाने समुद्री पथमा भेटिएका हुन् । 

अध्ययन टोलीले गत वर्ष पनि चिलीको समुद्रमा पहाडहरूको जन्म भइरहेको पत्ता लगाएको थियो । अध्ययन अनुसार वर्षौंदेखि समुद्रमा थुप्रिँदै गएको ठोस पदार्थका कारण समुद्रको फेदबाटै पहाड अग्लिइरहेका हुन् । त्यसरी पहाडभन्दा समुद्रको पानीको सतह पनि माथि उकासिँदै गएर पहिले कायम जमिनलाई समुद्रमा समाहित गर्ने क्रम बढाएको अध्ययनको निष्कर्ष छ ।