समाचार

गर्मी बढेपछि कैदीबन्दीलाई स्थानान्तरण




काठमाडौँ, ९ जेठ । चितवन जिल्लामा गर्मी बढेपछि कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।

गर्मीका साथै क्षमताभन्दा बढी कैदीबन्दी भएकाले स्थानान्तरण गरिएको हो । 

जिल्ला कारागार चितवनका प्रमुख कमलप्रसाद आचार्यका अनुसार बढ्दो गर्मीसँगै कारागारमा सरुवा रोग फैलन सक्ने भएकाले स्थानान्तरण गरिएको हो । चितवनमा रहेका कैदीबन्दीलाई पनि सतर्कता अपनाउन भनिएको छ । 


कैदीबन्दी भेट्न आउने आफन्तलाई समेत माक्सको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गरिएको छ । कारागारमा कैदीबन्दीको चाप बढेपछि वैशाखमा मात्रै ६० जनालाई विभिन्न कारागारमा स्थानान्तरण दिए । भीमफेदी कारागार कार्यालय मकवानपुर, वीरगञ्ज कारागार नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा स्थानान्तरण गरिएको उनले जानकारी दिए ।