राजनीति

गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन : रेखा शर्मा



काठमाडौँ, १० जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई पनि नहुने जबरजस्त भाष्य स्थापित गर्न सफल भएको बताएकी छन् ।

आज राष्ट्रिय समाचार समिति (रासस)ले काठमाडौँमा आयोजना गरेको तस्बिर प्रदर्शनीको उद्घाटन समारोहमा मन्त्री शर्माले निकै मेहनत गरेर प्राप्त गरेको गणतन्त्रलाई सुदृढ बनाउँदै सुशासन कायम गर्न सफल भएको दाबी गरिन् ।

अहिले संविधान र कानुनभन्दा माथि कोही नहुने भन्ने पुष्टि हुँदै गएको उनको भनाइ छ । मन्त्री शर्माले मुलुक विकासको बाटोमा तीव्ररूपमा अघि बढेको र जलविद्युत्‌को क्षेत्रमा बिक्री गर्ने अवस्थासम्म आइपुग्नु सामान्य कुरा नभएको बताइन् ।


उनले तीनै तहको सरकारको पहलका कारण देशभर सडक संरचनाको निर्माण विस्तार भएको पनि बताइन् । यद्यपि, मुलुकमा देखिएको राजनीतिक अस्थिरताका कारण सोचेजस्तो विकास कार्यलाई अघि बढाउन नसकिएको उनले बताइन् ।