Banner News

प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौँ, ११ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठक सुरू भएलगत्तै कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए । कांग्रेसको विरोधपछि सभामुख देवराज घिमिरेले जेठ १३ गते आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी गराए । 

सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।