काठमाडौँ, १२ जेठ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सञ्चार क्षेत्र शङ्कारहित हुनुपर्ने बताएका छन् ।
पोखरामा नेपाल पत्रकार महासङ्घ कास्कीको १२ औँ अधिवेशनलाई सम्बोधन गर्दै अधिकारीले मिडियाकर्मीले एकोहोरो सञ्चार कर्म गर्दा विश्वसनीयता गुमाउने बताए ।
उनले भने, ‘राजनीतिक प्राप्तिका एजेन्डा आएर आर्थिक एजेन्डा प्राप्त गर्न बाँकी छ । हामी राजनीतिक नेतृत्व प्रयासरत छौँ,’ ‘यसमा विना पूर्वाग्रह, विना पक्षधरताका साथ व्यावसायिक पत्रकारितामा खरो उत्रन जरुरी छ । सञ्चार क्षेत्रको साथ उत्तिकै आवश्यक छ ।’
उनले विश्वसनीयता नगुमाउन आग्रह गरेका छन् । ‘एकोहोरिएर लेख्न र बोल्न थाल्नुभयो भने विश्वसनीयता रहँदैन,’ अघि थपे, ‘सञ्चार क्षेत्र शङ्का रहित हुन जरुरी छ ।’ यद्यपि राजनीतिक र पत्रकारिता दुवै पक्ष खारिन बाँकी रहेकाे उनले सुनाए । तर राजनीतिक नेतृत्वलाई पत्रकारिताबाट सचेत गराउन निरन्तर आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्