काठमाडौँ, १३ जेठ । जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ ।
सर्वोच्च अदालतको आदेशले थुनामा रहेका गिरीलाई न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले दोषी ठहर गरेको हो । श्रीमतीलाई सम्बन्ध विच्छेदपछि पनि सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला अदालतले दोषी ठहर गरेको हो । उनलाई सजाय भने जिल्ला अदालतले पछि निर्धारण गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्