राजनीति

सूर्य थापा नेतृत्वमा सात सदस्यीय संसदीय छानबिन समिति गठन 



काठमाडौँ, १५ जेठ । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिका सदस्यहरूको नाम टुंगो लागेको छ ।

अहिले केहीबेर अगाडी बसेको संसद्को बैठकले समितिको घोषणा गरेको हो । समितिमा रहने सदस्यहरू दलहरूले टुंगो लगाएका छन् ।

समितिमा कांग्रेस र एमालेबाट दुई–दुई र माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना सांसद रहेका छन् । कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे छन् भने एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापा क्षेत्री छन् ।

यस्तै माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान संसदीय समिति सदस्य बनेका छन् । २९ वटा सहकारीमाथि छानबिन गर्न उक्त समितिलाई तीन महिनाको समय अवधि तोकिएको छ ।

समितिको संयोजकमा एमालेका थापा रहने भएका छन् ।