राजनीति

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता



काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको नेता खनालको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न पूर्वप्रधानमन्त्री खनाल आज बिहान नौ बजे बालुवाटार पुगेका थिए ।

भेटमा समसामयिक राजनीति, संघीय सरकार, प्रदेश सरकार र वाम एकताका विषयमा छलफल भएको खनालको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । सरकारलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको उनले बताए ।