राजनीति

एमालेको राष्ट्रिय महिला भेलामा दुई सय २९ जनाको पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’



काठमाडौँ, १८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रिय महिला भेलाका क्रममा दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको छ । 

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा भेलामा  सहभागी ती महिलाहरूको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो  । 

महासङ्घका उपाध्यक्ष शारदा खनालले दुई सय २९ जनाको  ‘एचपिभि डिएन प्रविधि’बाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको जानकारी दिए । उनले स्क्रिनिङको नतिजा एक महिनापछि मात्र  प्राप्त हुने जानकारी दिए।

उनले भने। समय–समयमा पाठेघर र स्तन  परीक्षण गराउन उपाध्यक्ष शर्माले सुझाव दिएका छन् ।