समाचार

यार्सा सङ्कलन गर्न गएका दुई जनाको मृत्यु



काठमाडौँ, १९ जेठ । मुगुमा यार्सागुम्बा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको हो ।

त्यस्तै यार्सा सङ्कलनमा गएका एक जना सिकिस्त बिरामी भएको प्रहरीले जनाएको छ । सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर सावतलाई उपचारका निम्ति मुगु पाटनबाट मुगुगाउँतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।