समाचार

९ जना जुवाडे पक्राउ



काठमाडौँ, १९ जेठ । सिन्धुपाल्चोकमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले चौतारा साँगाचोकगढी नगरपालिका-५ धाउचेत बस्ने दावा तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङसमेत ९ जनालाई शुक्रबार साँझ पक्राउ गरेको हो । 

प्रहरीले उनीहरूलाई नगद २० हजार ३ सय ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।