काठमाडौँ, १९ जेठ । सुनसरीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गढी गाउँपालिका-२ बस्ने २४ वर्षीय मोहमद अफ्रोज मियाको करेन्ट लागेर आज दिउँसो मृत्यु भएको हो ।
इटहरी उपमहानगरपालिका-८ स्थित चिन्तन चौतारी नजिक मन्जिल प्रधानको घरको छत माथि चढी सिटिसफारी बोलाउने क्रममा नजिकै रहेको विद्युतको तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्