काठमाडौँ, २० जेठ । सार्वजनिक यातायातलाई अपांगता तथा अशक्तमैत्री बनाइने भएको छ ।
गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बसमा एक महिनाभित्र अपांगतामैत्री र्याम्प (सिँढी) राख्न निर्देशन दिएको हो ।
सार्वजनिक यातायातलाई अपांगता र अशक्तमैत्री बनाउन सार्वजनिक बसमा एक महिनाभित्र र्याम्प (सिँढी) राख्न सम्बन्धित मन्त्रालयबाट यातायात व्यवसायीसम्बद्ध संघ–संस्थाहरूलाई निर्देशन गर्नका निम्ति यही जेठ १७ गते सचिवस्तरीय निर्णय गरी पत्रचार गरिएको जनाइएको छ ।
अपांगता भएका तथा अशक्त व्यक्तिहरूलाई आवागमनमा सहज होस् भन्नका निम्ति सार्वजनिक बसमा अनिवार्य अपांगतामैत्री र्याम्प राख्न निर्देशन दिइएको गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए । उनले भने, “परिवार तथा राज्यबाट नै विशेष हेरचाह आवश्यक पर्ने अपांग र अशक्त भएका व्यक्तिहरूलाई सार्वजनिक यातायातमा सहज होस् भनेर यो निर्णय गरिएको हो ।”
प्रतिक्रिया दिनुहोस्