राजनीति

मधेशमा नयाँ सरकार गठनका लागि ध्यानाकर्षण पत्र बुझाउने तयारी 



काठमाडौँ, २० जेठ । मधेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत, नेकपा एकीकृत समाजवादीसहितका दलले प्रदेश प्रमुखलाई नयाँ सरकार गठनका लागि ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका छन् ।

जसपा नेतृत्वको मधेश सरकार अल्पमतमा रहेकाले नयाँ सरकार गठनका लागि आह्वान गर्न बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउने ती दलहरुले तयारी गरेका हुन् ।

गत जेठ १७ गते एमाले, नेकपा माओवादी केन्द्र र जनमतले नयाँ सरकार बनाउने सहमति गरेको थियो । एकीकृत समाजवादीसमेत सकारात्मक भएपछि नयाँ सरकार गठनको लागि अघि बढेको एक सांसदले बताए । त्यसमा लोसपा र अन्य १–१ सिटको दलहरुसहितको बहुमत पेश गर्ने तयारी भएको स्रोतको दाबी छ ।