समाचार

हावाहुरीले घर भत्किँदा च्यापिएर एक जनाको मृत्यु



काठमाडौँ, २० जेठ । गएराती आएको हावाहुरीसहितको वर्षाले घर भत्किँदा दाङमा एकजनाको मृत्यु भएको छ ।

इप्रका तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका- १२ रझेनीका ७० वर्षीय भगवान् खत्री को हावाहुरीले भत्काएको घरले च्यापिएर मृत्यु भएको हो ।

गएराति र८ बजे हावाहुरीले घर भत्किँदा टिनले छाएको एककोठे घरमा रहेका खत्रीको च्यापिएर मृत्यु भएको हो । मृतक खत्रीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।