राजनीति

गृहमन्त्रीविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको इजलासमा



काठमाडौँ, २० जेठ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा तेस्रोपटक पेशी तोकिएको छ । अधिवक्ता अनुपम भट्टराईले दायर गरेको उक्त निवेदन दुईपटक स्थगित भएको थियो ।

आइतबार उक्त रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको छ। रिट पाँचौँ नम्बरमा पेशी रहेको छ। यसअघि लगातार सुनिल पोखरेलको इजलासमा पेशी परेको थियो ।

पोखरेलको इजलासमा परेको पेशी निवेदन आफैँले स्थगितका लागि निवेदन दिँदै हटाएका थिए । लामिछानेलाई सहकारी ठगीमा क्लिनचिट दिनेगरी महान्यायाधिवक्ता कार्यालयले पत्र लेखेपछि विवाद सुरु भएको थियो।