राजनीति

ट्राफिक नियम उल्लंघनकर्तालाई सडकमा उभ्याउने निणर्यमा सर्वोच्चको रोक



काठमाडौँ, २० जेठ । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघनकर्तालाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा थप सजायका लागि खटाउने निर्णयको कार्यान्वयन रोकिदिएको छ । 

न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले ट्राफिक नियम उल्लंघनकर्तालाई जरिवानाका अतिरिक्त ट्राफिक स्वयंसेवी बनाउने मन्त्रिस्तरीय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । 

गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसमा घोषणा गरी मन्त्रिस्तरीय निर्णयबाट सर्कुलर जारी गरेपछि ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनकर्तालाई सडकमा स्वयम्सेवकका रुपमा खटाउन सुरु गरेको थियो ।