Banner News

प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् आजको कार्यसूची



काठमाडौँ, २१ जेठ । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरका बिहान ११ बजे बैठक बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि पनि छलफल हुनेछ । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको छ ।