समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



काठमाडौँ, २१ जेठ । नवलपरासी पूर्वमा हाइटेन्सनको लाइन बनाउने क्रममा एक जना युवकको करेन्ट लागेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार नरेनापुर गाउँपालिका-४ घर भएका २४ वर्षीय कुलदिप गुरुङको आइतबार दिउँसो मृत्यु भएको हो । रोयल कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँमा कार्यरत गुरुङलाई कावासोती नगरपालिका-१६ चालिस किलो जंगलमा हाइटेन्सनको लाइन बनाउने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डन्डामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।