Banner News

गिरिबन्धु टी–स्टेटबारे बालेनलाई सोध्न अध्यक्ष ओलीको आग्रह



काठमाडौँ, २१ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी–स्टेट प्रकरणबारे काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरेका छन् । 

आज संसद् भवन बाहिर गिरिबन्धु टिस्टेबारे प्रश्न उठिरहेको छ नि भनेर सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले मेयर साहलाई सोध्न आग्रह गरेका हुन् । 

मेयर साहले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै  १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनू चेतावनी दिएका थिए ।