समाचार

रुखले किचेर एकजनाको मृत्यु



काठमाडौँ, २२ जेठ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुखले किच्दा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार आज बिहानको हुरीले ढालेको रुख बज्रँदा थापाको मृत्यु भएको हो । वनमा उद्धार गर्न गएका सुरक्षाकर्मीले उनलाई मृतावस्थामा फेला पारेका हुन् । थापाको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल  पठाइएको छ ।