राजनीति

सांसदहरुको संख्या नै बढी भयो : सांसद भण्डारी



काठमाडौँ, २२ जेठ । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले संघीय संसदमा सांसदहरुको संख्या बढी भएको टिप्पणी गरेका छन् । 

आज संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसग बोल्दै उनले निर्वाचित र समानुपातिक गरेर सांसदहरुको संख्या बढी भएकाले बजेट विनियोजनामा पनि समस्या देखिएको बताए ।

उनले सांसदहरुलाई अध्ययन र अनुसन्धानमा कमी हुँदा पनि बजेटलगायतका विषयमा समस्या देखिने गरेको बताए । उनले सरकारले ल्याएको बजेट कार्यान्वयनमा जोड दिनुपर्ने पनि बताए ।