राजनीति

१५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न अस्पताललाई निर्देशन



काठमाडौँ, २३ जेठ । गुणस्तरीय औषधिको सेवाबाट वञ्चित भएको भन्दै काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै फार्मेसी (औषधि पसल) सञ्चालन गर्न निर्देशन दिएको छ । 

महानगरपालिकाको स्वास्थ्य विभागले एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पतालहरूलाई अनिवार्य रूपमा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको हो । 

हाल काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट वञ्चित हुनुपरेको महानगरको भनाइ छ ।