काठमाडौँ, २४ जेठ । काठमाडौँमा मोटरसाइकलसहित महिला र पुरुष शव फेलापरेको छ ।
प्रहरीका अनुसार दक्षिणकाली नगरपालिका–८, केराबारीस्थित भीरमा शव फेलापरेको जनाएको छ । बुधबार अपराह्न ती शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । सडकबाट करिब २०० मिटर तल भीरमा अड्किएको अवस्थामा शव फेलापरेको थियो ।
घटनास्थलमा प्रदेश ३–०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल समेत टुक्रिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले बिहीबार बिहान ती शव निकालेको छ । पुरुष शव धादिङको सिद्धलेक गाउँपालिका–५ का ४२ वर्षीय रामचन्द्र खनालको भएको प्रहरीले जनाएको छ । उनी भक्तपुरमा बस्दै आएका थिए । उक्त महिला शव भक्तपुरको चाँगुनारायण नगरपालिका–५ की अन्दाजी ३२ वर्षीया सविना राईको भएको प्रहरीले जानकारी गराएको छ ।
घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्