Banner News

सन्दिप विश्वकप खेल्न अमेरिका जान नपाएकोमा सरकारले जवाफ दिनुपर्छः विश्वप्रकाश



काठमाण्डौ, २४ जेठ । सन्दिप लामिछाने विश्वकप खेल्न अमेरिका जान नपाउनुमा सरकार जिम्मेवारस्
काठमाण्डौ,२४ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले क्रिकेटर सन्दिप लामिछाने टी –२० विश्वकप खेल्न अमेरिका जान नपाउनुमा भएको कमजोरीबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले उच्च अदालतले निदोर्ष सावित गरेपछि पनि क्रिकेटर लामिछाने विश्वकप खेल्न अमेरिका जान नपाउनुमा कहाँ कमजोरी भयो भनेर परराष्ट्रमन्त्री र खेलकुदमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन् । उनले अदालतले गरेको फैसलाबारे सुसूचित गराएर भिसाका लागि वातावरण बनाउनुपर्नेमा सरकारले त्यसो गर्न नसकेको बताए ।

‘हिजो आरोप लागिरहेका बेला शीरमा मुद्दा बोकेर मैदानमा उत्रिनु हुन्न हामी कयौँले भन्यौँ । तर, सम्मानित अदालतले निर्दोष सावित गरिसकेपछि सन्दिपने विश्वकपको मैदानमा हाम्रो प्रतिनिधित्व गरेर खेलिरहनुभएको अवस्था हुनुपर्थ्यो । आफ्नो खेलाडीका बारेमा अदालतले गरेको फैसला सुसूचित गरेर उनको भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल समयमै गर्नुपर्दथ्यो,ु उनले भने, ुयसमा कमजोरी कहाँ रह्यो ?