Banner News

प्रधानमन्त्री प्रचण्ड भारत जाँदै



काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार भारत जाने भएका छन् ।

भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारतको नयाँ दिल्ली जान लागेका हुन् । उनलाई शपथ ग्रहणमा सहभागी हुन आधिकारिक निम्ता आएसँगै शनिबार दिल्ली जाने कार्यक्रम तय भएको जनाइएको छ ।