काठमाडौँ, २४ जेठ । सरकारले वैदेशिक रोजगारी सम्बन्धी मागपत्र प्रमाणीकरण कार्य अब अनलाइनमार्फत गर्ने भएको छ ।
आज उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उक्त अनलाइनको शुभारम्भ गरेका छन् । कन्सुलर सेवा विभागले विदेशस्थित नेपाली नियोगहरूबाट हुँदै आएको वैदेशिक रोजगारी सम्बन्धी मागपत्र प्रमाणीकरणका लागि भौतिक रुपमा उपस्थित हुनुपर्ने अवस्थालाई कम गर्न अनलाइनबाट प्रमाणीकरण गर्ने प्रक्रिया नेपाली राजदूतावास अबुधाबीबाट सुरु गरिएको जनाएको छ ।
परराष्ट्र मन्त्री श्रेष्ठले वैदेशिक रोजगार नेपालीको लागि अवसर र चुनौती दुवै रहेको भन्दै त्यसलाई थप सुरक्षित र व्यवस्थित बनाउन अनलाइन प्रणालीको शुभारम्भ गरेको बताए ।
मागपत्र प्रमाणीकरण कार्य अनलाइनमार्फत भइरहेको बताउँदै उनले अन्य सेवा पनि अनलाइनमार्फत गर्नुपर्ने बताए । बिस्तारै अन्य देशबाट पनि अनलाइन प्रणाली सञ्चालन गरिने बताउँदै उनले अब सबै ठाउँमा अनलाइन प्रणाली लागू गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्