समाचार

झुण्डिएको अवस्थामा फेला परेका बालकको मृत्यु



काठमाडौँ, २७ जेठ । धनगढीमा आफ्नै कोठामा झुण्डिएको अवस्था फेला परेका बालकको मृत्यु भएको छ।

शनिबार दिउँसो धनगढी उपमहानगरपालिका –३ का १३ वर्षीय विष्णु फुलारा कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनका बुवाआमाले अस्पताल पुर्‍याएको १५ मिनेटमा बालकको मृत्यु भएको हो ।

घटनाबारे प्रहरी थप अनुसन्धान गरिरहेको छ ।