समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



काठमाडौँ, २८ जेठ । अछाममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जिल्लाको साँफेबगर नगरपालिका–१४ पातलकोट बस्ने ४१ वर्षीय पदम बोहराको करेन्ट लागेर आइतबार मृत्यु भएको हो ।

सोही ठाउँस्थित विद्युतको ट्रान्समिटर जडित पोलमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।