काठमाडौँ, २८ जेठ । काठमाडौँमा लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ ।
आइतबार साँझ काठमाडौँको टोखा नगरपालिका–५ श्रीटोल डेरा गरी बस्ने स्याङ्जा घर भएकी पुष्पा भण्डारी उपाध्यायको कोठाबाट नगद, सुनका विभिन्न गरगहना, ल्यापटप, मोबाइल गरी करिब २१ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । कोही नभएको अवस्थामा भण्डारीको कोठाको ताला फोडेर धनमाल चोरी भएको हो । उनकाे काेठाबाट लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएकाे छ ।
प्रहरीले चोरीमा संलग्न व्यक्तिहरू फरार रहेका र उनीहरूको खोजी कार्य जारी रहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्