Banner News

महानगरको अभियानः विद्यालयहरुको भाडाका सटर खाली गर्ने



काठमाण्डौ,२८ जेठ । काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटर सात दिनभित्र खाली नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरपालिकाले बानेश्वरको रत्नराज्य माध्यमिक विद्यालयलगायतका सामुदायिक विद्यालयले भाडामा दिएका सटर खालिी गर्न निर्देशन दिएको हो । सात दिनभित्र व्यावसायिक प्रयोजनका सटर खाली नगरे कारबाही प्रक्रिया अघि बढाउने महानगरले चेतावनी दिएको छ ।

अनुगनका क्रममा काठमाडौं महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले काठमाडौं महानगरपालिका सामुदायिक विद्यालयमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र भाडा लिने गरेको बताए । उनले महानगरभित्र ३७ वटा विद्यालयले सटर भाडामा दिएको बताए । सामुदायिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको र विद्यार्थीहरूलाई कक्षा कोठा साँघुरो भएकाले महानगरपालिकाले विद्यालयको स्थान विद्यार्थीका लागि नै प्रयोजन गर्ने हेतु यो नीति लिएको बताए ।