काठमाडौँ, ३० जेठ । रुपन्देहीको सैनामैनमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार दाङबाट काठमाडौँका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस रुपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको प्रहरीले जनाएको छ । बुटवलका विभिन्न अस्पतालमा सामान्य उपचारपछि १९ जना डिस्चार्ज भइसकेको र अन्य २४ जनाको उपचार जारी रहेको प्रहरीले जनाएको छ । ।
प्रतिक्रिया दिनुहोस्