समाचार

बलात्कार आरोपमा एक युवक पक्राउ



काठमाडौँ, ३० जेठ । भोजपुरको हतुवागढीबाट प्रहरीले बलात्कारमा संलग्न रहेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगरलाई पक्राउ गरेको छ ।

मगरले १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । बालिकाको घर नजिकैको गोठमा उनले वैशाख ७ मा साँझ बलात्कार गर्दा गर्भ समेत रहेको जाहेरीको आधारमा आरोपीलाई पक्राउ गरेको हो ।

विशालविरुद्ध ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।