राजनीति

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध



काठमाडौँ, ३० जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापना कालदेखि नै नेतृत्व गर्दै आएका यादव अहिले जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन् ।

निर्वाचन प्रक्रियाअनुसार जसपा नेपालको नेतृत्व चयनका लागि आज बिहान उमेदवारी दर्ता भएको थियो । जसमा अध्यक्ष पदको लागि उपेन्द्र यादवको मात्र उमेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।