समाचार

कार दुर्घटना हुँदा तीनजनाको मृत्यु



काठमाडौँ, ३१ जेठ । रुपन्देहीमा कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–१३ भ्युप्वाइन्टमा बुधबार राति साढे ८ बजे कार दुर्घना हुँदा तीनजनाको मृत्यु भएको हो । 

दुर्घटनामा बुटवल १० बस्ने स्याङ्जा पुतलीबजारका ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा ३ बस्ने ५७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठ रहेका छन । शर्मा चालक हुन् ।  

दुर्घटनामा दुईजना घाइते भएका छन् । बुटवल उपमहानरपालिका ९ बस्ने चन्दा श्रेष्ठ र सोही ठाउँ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएका छन् । घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।